गणतन्त्रपछि मनाइयो पहिलो पृथ्वीजयन्ती | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

गणतन्त्रपछि मनाइयो पहिलो पृथ्वीजयन्ती

prithivi jyanti

काठमाडौं,२८ पुष । गणतन्त्र घोषणा भएको ११ वर्षपछि पहिलोपटक सरकारले पृथ्वीजयन्ती तथा २९६ औं राष्ट्रिय एकता दिवस राजकीय सम्मानका साथ बिहीबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाएको छ। राजकीय सम्मानका साथ सिंहदरबार मूलढोकाअगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, सेना, प्रहरी, कर्मचारीसहित सर्वसाधारण सहभागी भएका थिए। सरकारले यसपटक सार्वजनिक बिदासमेत दियो।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती प्रत्येक पुस २७ गते मनाइँदै आएकोमा गणतन्त्रपछि पहिलोपटक सरकारले आधिकारिक रूपमा निर्णय गर्दै मनाउने घोषणा गरेको हो। सरकारले पृथ्वीजयन्तीका दिन बिदा कटौती गरेको सर्वत्र आलोचना भइरहेका बेला यस्तो निर्णय लिएको हो। तत्कालीन बाइसे \चौबिसे राज्यलाई मिलाएर आधुनिक नेपाल निर्माणको श्रेय पृथ्वीनारायण शाहलाई जाने गरेको छ।

सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा माल्यार्पणपछि प्रधानमन्त्री देउवाले शाहले नेपाल र नेपालीका लागि गरेको योगदानको सम्मानस्वरुप औपचारिक रूपमा पृथ्वीजयन्तीलाई राजकीय सम्मान दिएको बताए। शाहले मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन राष्ट्रिय एकताको पहल गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले उनको योगदानको अहिले पनि उत्तिकै खाँचो औंल्याए। उनले भने, ‘शाह राष्ट्रिय सम्पत्ति हुन्, उनको हामी सबैले सम्मान गर्नुपर्छ।

पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै आएका राप्रपा अध्यक्ष कमल थापाले लामो समयको प्रयासपछि यसपटक सरकारले उनको योगदानको मूल्यांकन गरेको प्रतिक्रिया दिए। उपप्रधानमन्त्रीसमेत रहेका थापाले शाहकै कारण नेपालको अस्तित्व कायम रहेको दाबी गरे। उनले भने, ‘शाहकै कारण आज नेपालको अस्तित्व छ, उहाँकै कारण एकताको सूत्रमा बाँधिन सिकेका छौं। थापाले राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले सार्वजनिक बिदा दिनुका साथै औपचारिक रूपमा पृथ्वीजयन्ती मनाएको बताए।

गणतन्त्रस्थापनापछि पृथ्वीजयन्तीलाई लिएर प्रमुख दलहरूभित्रै अन्तरविरोध भएपछि सरकारले सार्वजनिक बिदा कटौती गरेको थियो।

बिहीबारै राप्रपाले एक कार्यक्रम आयोजना गरी पृथ्वीजयन्ती मनाएको छ। राप्रपाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरू र विभिन्न दलका नेता कार्यक्रममा सहभागी भए।

पृथ्वीनाराण शाहका दिव्योपदेश पनि उत्तिकै चर्चित छन्। ‘यो मेरा साना दुःखले आज्र्याको मुलुक होइन, घुस दिन्या र लिन्या दुवै अपराधी हुन्  भन्ने जस्ता उनका बाणीलाई आज पनि उत्तिकै सान्दर्भिक मान्ने गरिन्छ। गोरखाका राजा पृथ्वीनारायण शाहले पहिलोपटक नुवाकोटमाथि विजय प्राप्त गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए। त्यसैले पनि उनको जन्मदिनलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ।

गणतन्त्रस्थापनापछि पृथ्वीजयन्तीलाई लिएर प्रमुख दलहरूभित्रै अन्तरविरोध भएपछि सरकारले सार्वजनिक बिदा कटौती गरेको थियो।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);