महानगरले भत्काउन सुरु गर्यो भद्रकुमारी घलेको सेवा सदन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

महानगरले भत्काउन सुरु गर्यो भद्रकुमारी घलेको सेवा सदन

काठमाडौं, ३ साउन । पूर्वमन्त्री भद्र कुमारी घलेले हडपेर बनाएको सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरले आजसम्म ठाउँ खाली गराउन पूर्वमन्त्री घलेलाई अल्टिमेटम दिएको थियो ।

मेयर बालेनको निर्देशनमा भद्र घलेले हडपेको जग्गाको रेखाङ्कन समेत भइसकेको पछि आज संरचनामा डोजर चलाएको हो । घलेका आफन्तले सरकारी जग्गामा बनेका संरचनाबाट मासिक लाखौं भाडा उठाउँदै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री भद्र कुमारी घलेले कब्जा गरेको सरकारी जग्गामा चासो देखाउँदै आएको थियो ।

अख्तियारमा भद्र घलले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा कृष्ण सार्वजनिक स्वास्थ्य सेवा सदनलगायतका संस्था खडा गरेर गैर कानुनी आर्थिक लाभ लिएको उजुरी परेको थियो । त्यस्तै, भद्र शिक्षा सदन, कृष्ण भक्त एवं भक्त कुमारी घले पाहुना घर बनाउनुका साथै सटर, पसलकवलहरू निर्माण उठाई आर्थिक लाभ समेत लिइरहेको भन्ने व्यहोरा समेतको अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित कित्ता नम्बर १२,१२, १२२, २२३, २२५ र २२६ लगायका धोबीखोलाका अन्य सरकारी र सार्वजनिक जग्गा भद्र कुमारी घले सदनले गैर कानुनी रुपमा कब्जा गरेको आरोप लागेको छ । ती जग्गाहरूमा संरचना निर्माण गरेर भाडा खाइरहेको विषयमा अख्तियारले काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको पाइन्छ ।

सार्वजनिक र सरकारी जग्गाहरु कब्जा गरी जेष्ठ नागरिक सदन, उपत्यका तमु गुम्बालाई जग्गादान दिई सो समितिले ५ तलेसम्मको भवन निर्माण गरी कार्यालय समेत स्थापना गरेको अख्तियारले जनाएको छ । सरकारी र सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट मात्र प्राप्त गर्न सकिन्छ । संरचना बनाउँदा नक्सापास अनिवार्य रुपमा गर्नु पर्छ । तर, अख्तियारका अनुसार भद्र कुमारी घलेले सबै सीमा पार गरेर सरकारी जग्गाको ब्यापक दुरुपयोग गरेकी छिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);