प्रदेश समितिलाई उपेक्षा गरे पार्टी संगठन कमजोर बन्छ : सभापति शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

प्रदेश समितिलाई उपेक्षा गरे पार्टी संगठन कमजोर बन्छ : सभापति शर्मा

काठमाडौं,३ साउन । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ । बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनुभएको हो ।

पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गर्नुभयो । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उहाँको भनाई छ । उहाँले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘प्रदेशलाई धेरै कार्यक्रमहरुमा, सबै ठाउँमा धेरै उपेक्षा भाव राखिएको छ । प्रदेश यही पार्टीको एउटा महत्वपूर्ण अंग हो । केन्द्रीय पार्टी सभापति प्रदेशको सभापतिको दोस्रो महत्वपूर्ण दायित्व हुन्छ । त्यो महत्वपूर्ण दायित्व भएको अंगलाई बलियो बनाउने, त्यसलाई संस्कारित बनाउने र संस्थागत बनाएर लिएर जाने काममा केन्द्रको ठूलो भुमिका रहन्छ । ठूलो सहयोग चाहिन्छ । त्यसमा सिधै जिल्लासँग सम्पर्क गर्ने, सिधै गाउँपालिकाहरु सँग, नगरपालिकाहरु सँग सम्पर्क गर्ने, प्रदेशलाई बाहिर राख्ने काम धेरै पटक भएको छ । यसले गर्दा पार्टीको प्रदेशको महत्व घट्दै जाने र जिल्लाहरुले पनि प्रदेशप्रति उत्तरदायी कम बहन गर्ने र संगठन कमजोर बन्ने काम भएको छ । त्यसकारण म आग्रह गर्न चाहन्छु, संस्थागत रुपबाट पार्टी चलाउँदा, जिल्लाहरु सञ्चालन गर्न प्रदेशलाई नै जिम्मेवार बनाएर सञ्चालन गर्ने व्यवस्था होस् ।’
उहाँले प्रदेश सभापतिहरुलाई केन्द्रिय समिति बैठकमा विधानसम्मत् ढंगले उपस्थित गराउन माग गर्नुभयो । सभापति शर्माले कांग्रेस भित्र र बाहिर कांग्रेसको विकल्प खोज्न थाल्नु देशको लागि दुर्भाग्य भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);