काठमाडौं । नेपाली काँग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ ।
मंगलवारको पार्टी केन्द्रिय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै काँग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनु भयो ।
उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न काँग्रेसले नसक्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसलाई आन्तरिक रुपबाटै सुदृढ बनाएर विभिन्न आयामहरुमा देखिएका विभिन्न खाले समस्याहरुलाई समाधान गरेर पार्टीका अवयवहरुलाई क्रियाशील र गतिशिल बनाउन नसकिने बताउनु भयो ।
काँग्रेस रुपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्मसातै प्रदेशमा भेला गरेका थिए ।




