राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँः उपप्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँः उपप्रधानमन्त्री खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली काँग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ ।

मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली काँग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो । एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि विश्वासको मत दिएको थियो ।

विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पार्नुभयो । काँग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबिचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले काँग्रेस सरकारमा पुगेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको अपेक्षापनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताउनु भयो ।

उहाँले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रिय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);