स्पाइकर मानबहादुर बने कप्तान | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

स्पाइकर मानबहादुर बने कप्तान

काठमाडौं । स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिएका छन् ।

नेपाल भलिबल संघको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको सफल कप्तानी गरिसकेका छन् ।

उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् । गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेपछि कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो ।

नेपाल अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागि हुने छ । मानबहादुरले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र जिम्मेवारी थपिएको महसुस गरेको बताए । एसियाली खेलकुदमा कप्तानी गर्ने जिम्मेवारी संघले दिएकोमा गौरव महसुस गरेको र स्तरिय प्रदर्शन नै प्राथमिकतामा रहने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);