नक्कली मुद्रा र नक्कली सुन सहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नक्कली मुद्रा र नक्कली सुन सहित दुईजना पक्राउ

काठमाडौं । नक्कली मुद्रा र नक्कली सुन सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ३० गते का.म.न.पा. वडा नं. ३ बसुन्धारा स्थित वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले बसुन्धाराबाट दुईजनाको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारेको थियो ।

त्यसपछि पक्राउ परेका दुईजनासँगको सोधपुछ पनि सानोभ¥याङ स्थित दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुन सहितका सामान फेला परेको हुँदा सामानहरु सहित बरामद गरी मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ४ को म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट १० घर भएको बर्ष ४८ को दुर्गा बहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं वडा नं.१० बस्ने वर्ष ४५ को विनय कुमार सिंह रहेका छन् ।

उनीहरुको साथबाट २००० दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट थान–४, १००० दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट थान–६, ५०० दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट थान–४, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान–१००, बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकल थान–१, लेमिनेसन मेसिन थान–१ , मोबाइल थान–२ र सुन जस्तै देखिने धातु फेला परेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);