काठमाडौं, २८ पुष । उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ ।
प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ ।
बिहान र बेलुका वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो ।
उपत्यकामा गत असोज २१ गते बिहान ८ बजे हावामा पार्टीकुलेट म्याटर पिएम २.५ को मात्रा १६ माइक्रोग्राम प्रतिघनमिटर मात्र थियो ।
गत बुधबार पुस २६ गते बिहान ९ बजे भने हावामा पिएम २.५ को मात्रा बढेर प्रतिघनमिटर १८७ माइक्रोग्राम पुगेको छ ।
जुन सरकारी मापदण्ड भन्दा झन्डै पाँच गुणा बढी हो । आजको नागरिक दैनिकमा खबर छ ।