खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,२ साउन । खैरो हेरोईन जस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२.००१ ख ५५४९ नम्बरको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);