झापा,२ साउन । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४ र १४ वर्षीय २ जना किशोर सोमबार बिहान पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।