पाकिस्तानमा हिन्दू मन्दिरहरूमा सुरक्षा बढाइयो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

पाकिस्तानमा हिन्दू मन्दिरहरूमा सुरक्षा बढाइयो

एजेन्सी,२ साउन । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू मन्दिरमा बढ्दो आक्रमणलाई ध्यानमा राख्दै सरकारले सुरक्षा बढाएको छ । सरकारी स्रोतका अनुसार सिन्धका मन्दिरहरूको सुरक्षाका लागि ४०० भन्दा बढी हिन्दू प्रहरी तैनाथ गरिएको छ ।

पाकिस्तानमा विगतमा हिन्दू मन्दिरमा आक्रमणका घटना बढेका छन् । ४८ घण्टामा पाकिस्तानका दुईवटा मन्दिरलाई आक्रमणकारीले निशाना बनाएका छन् । आक्रमणकारीले आइतबार बिहान कश्मोरको एक हिन्दू मन्दिरमा रकेट लन्चरले आक्रमण गरेका थिए भने मन्दिर वरपर रहेका हिन्दू समुदायका घरमा पनि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

कराँचीका मानिसहरूले १४ जुलाईको रात केही मानिसहरूले बुलडोजर ल्याए र मारी माता मन्दिरको बाहिरी पर्खाल र मुख्य ढोका बाहेक सम्पूर्ण मन्दिरलाई भित्रबाट ध्वस्त पारे । पाकिस्तानी समाचार पत्र डनको रिपोर्ट अनुसार मन्दिर भत्काइरहँदा मन्दिर भत्काउनेहरूलाई सुरक्षा दिन प्रहरी तैनाथ गरिएको थियो।

मारी माता मन्दिर मुखी चोहितराम रोडमा अवस्थित छ । जहाँबाट सैनिक बजार प्रहरी चौकी पनि केही दूरीमा छ । मिडिया रिपोर्टका अनुसार मन्दिरको जग्गा सपिङ प्लाजा प्रवर्द्धकलाई ७ करोडमा बेचेको छ । त्यही भएर मन्दिर भत्कियो । जुन २०२२ मा पनि मारी माता मन्दिरमा देवताहरूको मूर्ति तोडिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);