ललितानिवास प्रकरणः जग्गा हिनामिनामा पक्राउ परेकाहरुले दिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

ललितानिवास प्रकरणः जग्गा हिनामिनामा पक्राउ परेकाहरुले दिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

काठमाडौं । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुले दिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा रहेपछि मंगलबार पुन सुनुवाइको मिति तोकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, पूर्वकर्मचारी धर्मप्रसाद गौतम र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका सचिव राउतका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ । त्यसपछि सरकारको जवाफसहित चारै जनाको रिटमाथिसँगै सुनुवाई भइरहेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले उक्त प्रकरणमा उनीहरुसहित १७ जनालाई पक्राउ गरी किर्ते र संगठित कसुरमा अनुसन्धान गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);