सेनाबारे पूर्वरक्षामन्त्री पोखरेलको टिप्पणीः राज्यका अंगहरूलाई कमजोर बनाइनु अनुचित र हानीकारक | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

सेनाबारे पूर्वरक्षामन्त्री पोखरेलको टिप्पणीः राज्यका अंगहरूलाई कमजोर बनाइनु अनुचित र हानीकारक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा उठेका सवालप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक भएको बताएका छन् ।

‘अहिले मुलुकमा देखापरिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधपतन तथा अर्थतन्त्रभित्र देखापर्दै गएको विश्रृंखलतालाई बढावा दिदै राज्यलाई नै कमजोर बनाउने हिसावले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्वन्धमा जे जस्तो तरिकाले कुराहरू उठाईंदैछ, उचित देखिदैनन् ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘नेपाल राष्ट्रलाई नै क्रमशः कमजोर बनाउने रणनीतिक र आपराधिक खेल चलिरहेको अहिलेको अवस्थामा दरो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बनिरहेको बेला राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक सिवाय अरू मान्न सकिदैन ।’

जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्वन्धमा व्यक्त गरेका विचार तथा अभिव्यक्तिहरूलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझन नहुने उनको तर्क छ ।

‘ती अभिव्यक्तिहरू २०७२ मा संविधान सभाबाट जारी भएको संविधानमा गरिएको ब्यवस्था , सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीति आदि बारेमा यात जानकारी बिना या निश्चित आग्रहबाट निर्देशित भएर यस्ता कुराहरू बाहिर आएका वा ल्याइएका हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।’ उनले भनेका छन् ।
नेपाल संविधानप्रति प्रतिवद्ध संस्था रहेको स्मरण गर्दै उनले नेपाली सेनाको प्राथमिक दायित्व मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा नै भएको उल्लेख गरेका छन् ।

उनले नेपाली सेनाले कतिपय कमजोरीको बावजुद नेपाली सेनाले आफ्नो संवैधानिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय जिम्मेवारी पुरा गरिरहेको उनको ठहर छ ।
नेपाली सेनासित गाँसिएका कतिपय कुराहरू छलफलका विषय हुन सक्ने तर कुत्सित सोचसहित हुने बहस उचित नहुने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);