महिला ब्लगरको बिहे प्रस्तावको भिडियोपछि केदारनाथ मन्दिरमा मोबाइल प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

महिला ब्लगरको बिहे प्रस्तावको भिडियोपछि केदारनाथ मन्दिरमा मोबाइल प्रतिबन्ध

एजेन्सी, १ साउन । भारतको केदारनाथ मन्दिरमा मोबाइल फोन निषेध गरिएको छ । भक्तजनले अब मन्दिर परिसरमा फोटो खिच्न वा भिडियो बनाउन पाउने छैनन् । बद्री–केदारनाथ मन्दिर समिति (BKTC) ले यो निर्णय गरेको हो।

केही दिन अघि एक महिला ब्लगरले आफ्नो प्रेमीलाई मन्दिरको अगाडि प्रपोज गरेकी थिइन् । भिडियो भाइरल भएपछि मन्दिर प्रशासनले असन्तुष्टि व्यक्त गरेको थियो । यस सम्बन्धमा मन्दिर समितिले यस्तो निर्णय गरेको हो ।

भक्तजनलाई पनि विनम्र पोशाक लगाएर मन्दिरमा आउन आग्रह गरिएको छ । यसका साथै मन्दिर परिसरमा पाल वा शिविर नराख्न पनि निर्देशन दिइएको छ । आदेश पालना नगर्नेलाई कानुनी कारबाही गरिनेछ। विशाखा नामक युट्युबरले इन्स्टाग्राममा विवाहको प्रस्ताव राखेको भिडियो पोस्ट गरेपछि विवाद सुरु भएको हो ।

मन्दिर परिसरमा विभिन्न स्थानमा बोर्ड राखिएको छ, जसमा मोबाइल फोन लिएर मन्दिर परिसरमा प्रवेश नगर्नू लेखिएको छ । यहाँ फोटोग्राफी र भिडियोग्राफी पूर्ण रूपमा प्रतिबन्धित छ । तपाई ऋऋत्ख् क्यामेराको निगरानीमा हुनुहुन्छ।
पछिल्लो समय मन्दिरको गर्भगृहमा जानुअघि नै भक्तजनको मोबाइल फोन बन्द गर्न आदेश जारी भएपनि अहिले मन्दिर परिसरमा नै मोबाइल निषेध गरिएको छ । प्रपोज गर्ने युवतीको इन्स्टाग्राममा राइडर गर्ल विशाखा नामको एकाउन्ट छ । इन्स्टाग्राममा उनका ८ लाखभन्दा बढी फलोअर्स छन् ।

भर्खरै विशाखा नामकी युट्युबर आफ्नो प्रेमीसँग भगवान शंकरलाई भेट्न गइन् । अचानक उनले प्रेमीलाई विवाहको प्रस्ताव राखिन् । केटाले बिहेको लागि हुन्छ भने । उक्त पूरै घटनाको भिडियो युवतीले सामाजिक सञ्जालमा अपलोड गरेपछि भाइरल भएको थियो । उक्त भिडियो भाइरल भएपछि मन्दिरमा रिल बनाउनेविरुद्ध आवाज उठ्न थाल्यो । केदारनाथलाई सामान्य पर्यटकीय गन्तव्यको रुपमा हेरिएको मानिसहरुले बताएका छन् । यस्ता भिडियो बनाउनेलाई मन्दिर समितिले कारबाही गर्न माग गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);