काठमाडौं, १ साउन । नेपाली कांग्रेसले आज पदाधिकारी र पुर्व पदाधिकारीका बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न बैठक बस्न लागेको बुझिएको छ । भोलि केन्द्रीय समितिको बैठक डाकिएको छ ।
आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बैठक बोलाइएको हो ।
साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जनाइएको छ ।
तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।