काठमाडौं, १ साउन । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताउनुभएको छ । आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले सुशासन कायम गर्नेकुरामा, आर्थिक विकासको गतिलाई अझ तिब्र बनाउने कुरामा काम गरिरहेको बताउनु भयो । उहाँले सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर सरकारले काम अघि बढाइरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सरकारको आर्थिक विकास, सुशासन र प्राथमिकताका विषयहरु हुन् । त्यसमा सरकारले सुशासन कायम गर्नेकुरामा, आर्थिक विकासको गतिलाई अझ तिब्र बनाउने कुरामा सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर काम अघि बढाइरहेको छ ।’
मन्त्री बस्नेतले अनियमितताका प्रकरणहरु निष्पक्ष ढंगले छानबिन गरी टुंगोमा पुग्ने बताउनु भयो ।