दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ खेलाडीलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ खेलाडीलाई कारबाही

काठमाडौं, ३१ असार । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तानबाट हरिहजुर थापालाई बर्खास्त गर्दै दर्शक कुट्ने खेलाडीलाई ६ महिना प्रतिबन्ध गरेको छ ।
थापाले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै संघले कप्तानबाट हटाएको हो ।

गत सोमबार पनि दशरथ रंगशालास्थित कभर्ड हलमा भएको गण्डकी विरुद्ध आर्मीबाट थापा खेलेका थिए । सोही दिन आर्मीका खेलाडीले दर्शकलाई कुटपिट समेत गरेका थिए । घटनापश्चात गठित छानबिन समितिले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहिन गतिविधि गरेको भन्दै संघले त्रिभुवन आर्मी क्लबका  स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको हो । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने समेत निर्णय गरेको छानबिन समितिले जनाएको छ ।

उनले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको र उनी कर्तव्यबाट विमुख भएको संघको ठहर छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);