काठमाडौं, ३१ असार । पर्वतको कुश्मामा जिप दुर्घटना भएको छ । कुश्मा–३ दुर्लुङको गौडामुनीमा शनिबार राति जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।
कुश्माबाट छुटेको ग १ ज ५२२९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटनामा परी गम्भिर घाइते भएकी ७ वर्षीया बालिका शीतल विकको उपचारको क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र आँखामा चोट लागेको थियो ।
सोही दुर्घटनामा परी गम्भिर घाइते भएकाहरु प्रिन्स श्रेत्री र चन्द्रकला श्रेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाएको प्रहरीले जनाएको छ




