परराष्ट्रमन्त्री साउद आज बैंकक जाँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री साउद आज बैंकक जाँदै

काठमाडौँ, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद आज बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन थाइल्यान्ड जाँदैछन् ।

बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने जनाइएको छ ।

मन्त्री साउद मंगलबार स्वदेश फर्कने छन् । बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् ।

यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);