भुटानी शरणार्थी प्रकरणः निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

भुटानी शरणार्थी प्रकरणः निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं । सांसद अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्नुभयो ।

मन्त्रीपरिषदको निर्णय भए पनि नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई नसमातिएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नु पर्ने उहाँको भनाइ थियो । तर सांसद सिंहले तत्कालीन प्रधानमन्त्री को थिए भनेर नाम भने लिनुभएन । नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागेका शन्देश शर्माको अडियो मिल्दा पनि नाम लिइएको व्यक्तिलाई किन पक्राउ नगरेको भन्दै सांसद सिंहले प्रश्न गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाउनुभयो । किन्नेलाई मात्र नभएर जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उहाँको माग थियो ।

ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने सांसद खतिवडाको माग थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);