संवैधानिक व्यवस्थालाई अक्षरशः पालना गरे नेपालमा शैक्षिक क्षेत्रले फड्को मार्छः उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

संवैधानिक व्यवस्थालाई अक्षरशः पालना गरे नेपालमा शैक्षिक क्षेत्रले फड्को मार्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ ।

शुक्रवार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था गरेको बताउनु भयो ।

उहाँले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानूनबमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति यादवले नेपालमा आदिकवि भानुभक्त आचार्यको देन महत्वपूर्ण रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);