काठमाडौं, २९ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फार्मेसी इन्चार्ज मृत अवस्थामा भेटिएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका कर्मचारी अमृत पोखरेल मृत फेला परेका हुन् ।
झुण्डिएको अवस्थामा फेला परेका पोखरेको सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव साढे ८ बजे भेटिएको हो । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।