भारतको यमुना नदीले खतराको संकेत पार गर्यो | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

भारतको यमुना नदीले खतराको संकेत पार गर्यो

एजेन्सी, २९ असार । दिल्लीमा चार दिनदेखि यमुना नदी खतराको संकेत पार गरेको छ । शुक्रबार बिहान यमुना नदीको जलस्तर २०८ दशमलव ४८ मिटर पुगेको छ । यो खतराको चिन्ह २०५ मिटरभन्दा ३.४ मिटर बढी छ।

दिल्लीको सर्वोच्च अदालत बाहिरको सडक जलमग्न भएको छ । बाढीको पानी यमुना बजार, लाल किल्ला, राजघाट र आईएसबीटी–कश्मिरे गेटसम्म पुगेको छ । यहाँ ३ फिटसम्म पानी भरिएको थियो ।

यसबाहेक मजनुका टिला, निगम बोधघाट, मठ बजार, वजिराबाद, गीता कोलोनी र शाहदरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । तल्लो क्षेत्र खाली गराइएको छ।

मानिसहरूलाई मद्दत गर्न ल्म्च्ँ को १६ टोली खटाइएको छ । २ हजार ७ सय राहत शिविर स्थापना गरिएको छ । बिहीबार यमुना आसपासबाट २३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो ।
शुक्रबार बिहानसम्म स्थितिमा सुधार आउने अपेक्षा गरिएको छ ।

बाढीका कारण तीनवटा वाटर ट्रीटमेन्ट प्लान्ट बन्द गर्नुप¥यो, जसका कारण आगामी एक वा दुई दिनसम्म दिल्लीमा २५ प्रतिशत कम पानी आउनेछ । सिँचाइ तथा बाढी नियन्त्रण विभागको नियामक बिहीबार दिल्लीमा भत्कियो।

राजधानीका सबै विद्यालय र कलेज आइतबारसम्म बन्द रहने छन् । सरकारी कार्यालयमा घरबाटै काम गर्ने व्यवस्था लागू गरिएको छ । दिल्ली ट्राफिक प्रहरीले धेरै क्षेत्रमा पानी जमेको कारण रुट परिवर्तन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);