प्रधानमन्त्री कप क्लब भलिबलः हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

प्रधानमन्त्री कप क्लब भलिबलः हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो

काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लव जारी सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगको पुरुषतर्पm फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीवार सम्पन्न खेलमा हेल्प नेपालले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलको सम्भावना बलियो बनाएको हो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको अर्को खेलमा पुलिसले त्रिभुवन आर्मी क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्दै शिर्ष दुई स्थानमा रहेर फाइनल पुग्ने सम्भावना जीवन्त राखेको छ । एपिएफले पाँचौं सेटमा पोइन्ट जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

यो सेटमा एपिएफले शुरुवातदेखि नै अग्रता लिँदै १४–११ को म्याच पोइन्टको अवसर पाए पनि जोगाउन सकेन । उक्त खेलमा हेल्प नेपालले एपिएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले हराउँदै पाँच खेल सकिँदा १३ अंकसहित शीर्ष स्थानमा ओगटेको छ । अर्को खेलमा पुलिसले आर्मीमाथि २५–२१, २८–२६ र २५–१४ को सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो । यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो ।

यता, आर्मी पुलिससँग सोझो सेटमा हारपछि दबाबमा परेको छ । आर्मीको पाँच खेलबाट ११ अंक छ । एपिएफको पनि पाँच खेलबाट ११ अंक छ । शीर्ष चार स्थानमा रहेका टोली हेल्प नेपाल, पुलिस, आर्मी र एपिएफको शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना कायमै छ । शुक्रवार पुलिसले एपिएफ तथा आर्मीले टिपटप हेल्प नेपाल क्लवसँग प्रतिष्पर्धा गर्नेछ । यी दुई खेलमा जित निकाल्ने दुई टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको महिलातर्पm खेलमा भने आर्मी र एपिएफले जित निकाले ।

आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित ग¥यो । यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित ग¥यो । ६ टोली सम्मिलित महिलातर्पm पुलिसको चार खेलबाट १२ अंक, एपिएफको पाँच खेलबाट ११ अंक, न्यु डायमण्ड चार खेलबाट ८ अंक, आर्मीको चार खेलबाट ५ अंक, गण्डकी चार खेलबाट तीन अंक र एभरेष्ट पाँच खेलबाट अंकविहीन छ । महिलामा अंकका आधारमा पुलिस फाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);