काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेको छ ।
नेप्से १२.६२ अंकले घट्दा नेप्से इन्डेक्स २०८४.९३ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि कारोबार रकम केहि सुधारोन्मुख देखिएको छ । आज ३ अर्ब ३९ करोड ६ लाख ६० हजार माथिको कारोबार भएको हो ।
आज ५४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।