काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेको छ ।
नेप्से २५.३१ अंकले बढ्दा नेप्से इन्डेक्स २०९७.५५ विन्दुमा पुगेको हो । नेप्सेमा बढेसँगै मंगलबारको तुलनामा आज कारोबार रकम केहि सुधारोन्मुख देखिएको छ । आज ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार माथिको कारोबार भएको हो ।
आज १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।