राकेश यादव,१३ वैशाख, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सिके राउतलाई रौतहट प्रहरीले बुधवार अपरान्ह जिल्ला अदालत रौतहट समक्ष उपस्थित गराएको छ । राज्य विरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दामा डा. राउतलाई रुपनदेही जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि रुपनदेही प्रहरीले रौतहट प्रहरीलाई जिम्मा लगाएपछि आज जिल्ला अदालत समक्ष ४.१५ बजे उपस्थित गराएको हो ।
समय अभावका कारण डा. राउतको वयान लिन नसकिएको तर विहिवार अदालतमा उपस्थित गराउन न्यायाधिश लक्ष्मिराम ढुंगानाको इजलासबाट प्रहरीलाई निर्देशन दिएपछि राउतलाई पुन ः जिल्ला प्रहरी कार्यालय गौरको जिम्मामा पठाइएको अदालतका रजिष्टार चिन्तामणी शर्माले जानकारी दिए ।
रजिष्टार शर्माका अनुसार अदालतको समय सकिरहदा उपस्थिति भएकोमा राउत संग वयान लिन नसकिएको हुँदा भोली १० बजे नै उपस्थित गराएर थुनछेकमा बयान र बहस हुने समेत उनले बताए । प्रहरी नियन्त्रणमा रहेका डा. राउत संग संचारकर्मीहरु कुरा गर्दा उनले भने फिरंगीहरुको मिति पुगिसकेको अव मधेशमा ठूलो विद्रोह हुने तथा स्वतन्त्र मधेश देश स्थापना हुने दाबी गरे । दुई शब्दमै जवाफ दिएका अरु कुरा बोल्न चाहेनन् ।