बलात्कारको विषयलाई मजाक बनाइएको भन्दै अर्को आलोचना भएपछि युट्युबबाट हटाइयो पलको अन्तर्वार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बलात्कारको विषयलाई मजाक बनाइएको भन्दै अर्को आलोचना भएपछि युट्युबबाट हटाइयो पलको अन्तर्वार्ता

काठमाडौं । हास्यकलाकार सन्दीप क्षेत्रीको हीजोआज चौतर्फी आलोचना भइरहेको छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘वाट्स द फ्लप’ का कार्यक्रम प्रस्तोता क्षेत्रीले पछिल्लो अंकमा अभिनेता पल शाहलाई अतिथिको रुपमा बोलाएका थिए । सोही क्रममा सन्दीपले बलात्कारको विषयलाई मजाक बनाएको भन्दै उनको आलोचना भएको हो ।

सन्दीपले पललाई कारागारको अनुभव सोधिरहेका थिए । पलले आफ्नो जेल बस्दाको अनुभव सुनाइरहँदा सन्दीप भने मरिमरी हासिरहेका देखिन्छन् । बलात्कार जस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइरहेकोमा केही व्यक्तिहरुले सामाजिक सञ्जालमा आपत्ती जनाएका छन् ।

चौतर्फी आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहीयाले सो घटनालाई गम्भिर रुपमा लिएको र आवश्यक कारबाही गरिने पनि ट्विट मार्फत जनाएका थिए । सोहि अनुरुप कान्तिपुरले आज युट्युब च्यानलबाट हटाएको छ ।

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ,’ कान्तिपुरले भनेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);