भारतमा वर्षाले बितण्डा मच्चायो, बाढी पहिरोमा परी २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

भारतमा वर्षाले बितण्डा मच्चायो, बाढी पहिरोमा परी २३ जनाको मृत्यु

दिल्ली,२५ असार । पञ्जाब र हिमाचललगायत देशका उत्तरी राज्यमा वर्षाका कारण बाढीको अवस्था देखिएको छ । पछिल्लो २४ घण्टामा सात राज्यमा पहिरो र बाढीका छुट्टाछुट्टै घटनामा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
मनालीमा ५२ वर्षको वर्षाको कीर्तिमान तोडिएको छ । सोही क्रममा ९ वर्षमा सबैभन्दा बढी पानी सोलनमा रेकर्ड गरिएको थियो । हिमाचलका धेरै नदी र नहर खतराको निशानभन्दा माथि छन्। दुई ठाउँमा बादल फुटेको छ ।

पञ्जाबमा सतलज नदी वरपरका १५ देखि २० गाउँलाई खाली गराइएको छ । यसै क्रममा लेह–लद्दाखमा भारी वर्षाका कारण ४५० वर्ष पुरानो घर भत्किएको छ । हिमाचलमा ४६ घर ध्वस्त भएका छन् ।

कुल्लुमा ब्याससँगै पार्वती र तीर्थन नदीहरू पनि बगिरहेका छन्। प्रदेशका विभिन्न क्षेत्रमा ६० भन्दा बढी सवारीसाधन पानीको तीव्र बहावमा बगेका छन् । कुल्लुको कसौलमा ६ वटा गाडी बगेका छन् ।

९ दिनसम्म परेको वर्षाका कारण अहिले मुलुकभर सामान्यभन्दा बढी वर्षा भएको छ । सामान्य वर्षा २३९ मिलिमिटर थियो । अहिले यो सङ्ख्या २४३ मिमीमा पुगेको छ, जुन २% बढी हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);