प्रतिनिधि सभाको बैठक बस्दै,विश्वविद्यालय विधेयक टेबुल गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक बस्दै,विश्वविद्यालय विधेयक टेबुल गरिने

काठमाडौं, २५ असार । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बोलाइएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठबाट प्राप्त बिरोधको सूचना निर्णयतार्थ प्रश्ततु गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्ततु गर्ने, कानून, न्याय तथा संसदीय
मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार