बंगाल निर्वाचनमा १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

बंगाल निर्वाचनमा १५ जनाको मृत्यु

एजेन्सी, २४ असार । पश्चिम बंगालको ७३,८८७ ग्राम पञ्चायत सिटमध्ये ६४,८७४ को लागि मतदान सकिएको छ । बाँकी ९ हजार १३ सिटमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएका सबैभन्दा बढी ८,८७४ उम्मेदवारहरू तृणमूल कांग्रेसका छन्। दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मतदान भइसकेको छ । सकिएपछिको आँकडा आएको छैन । चुनावको नतिजा असार ११ गते आउनेछ ।

केन्द्रीय बल खटाएपछि पनि विभिन्न क्षेत्रबाट हिंसाको खबर आएको छ । बुथ लुटपाट, मतपत्र च्यात्ने, मतपत्र जलाउने जस्ता घटना धेरै क्षेत्रबाट देखिएको छ । कुचबिहारको मठभंगा–१ ब्लकको हजरहाट गाउँमा एक युवा मतपेटिका लिएर भागेका छन्।
भारतीय धर्मनिरपेक्ष मोर्चा (क्ष्क्ँ) र त्ःऋ कार्यकर्ताहरू दक्षिण द्दद्ध परगनाको भानगड ब्लकको जमीरगाचीमा झडप भएका छन् । यहाँ गाउँका मानिसहरूले टीएमसीका मानिसहरूले झोलामा बम ल्याएको बताए । तृणमूलका कार्यकर्ताहरूले गाउँका मानिसहरूलाई धम्की दिएर भोट हाल्न लगाएका थिए । उनीहरुले यति धेरै बम प्रहार गरे । दुई घण्टासम्म मतदान रोकिएको थियो । केही बम सञ्चारकर्मी तर्फ पनि प्रहार ।

पछिल्लो २४ घण्टामा चुनावी हिंसामा ६ जिल्लामा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ टीएमसी कार्यकर्ता, तीन सीपीआई (एम) कार्यकर्ता, कांग्रेस, भाजपा र आईएसएफका एक–एक कार्यकर्ता र एक स्वतन्त्र उम्मेद्वारको पोलिंग एजेन्ट थिए। जुन ९ देखि हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार २००३ मा पञ्चायत चुनावमा ७६, २०१३ मा ३९ र २०१८ मा ३० जनाको मृत्यु भएको थियो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);