आँचल शर्माले किन दिइन साइबर ब्युरोमा उजुरी ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आँचल शर्माले किन दिइन साइबर ब्युरोमा उजुरी ?

काठमाडौं, २४ असार । नायिका आँचल शर्माले दुइटा फेसबुक एकाउन्टविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको र कारबाहीको माग गर्दै शनिबार ब्युुरोमा उजुरी दिएकी हुन् ।
अनावश्यक कुरा पोस्ट गर्ने फेसबुक पेजलाई कानुन अनुसार कारबाही गर्नुपर्ने उनको माग छ ।

पति उदिपसँगै ब्युरोमा पुगेकी शर्माले आफ्नो अनुमति बिना चरित्रमा आँच आउने समाचार पोस्ट गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै भिडियो,अडियो,तस्बीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छिन् ।

अभिनेता दयाहाङ राईले पनि एक सूचना जारी गर्दै सत्यतथ्य नबुझि कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् । शर्माको नामको पेजबाट राईविरुद्ध पोस्ट भएपछि शर्माले यस्तो कदम चालेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);