बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने छन्ः अर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने छन्ः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने बताउनु भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याँजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिनु भएको हो । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गर्नु भयो ।

अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याँजदर घटने कुराले ठूलो राहत हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो अहिलेको जुन ब्याँजदर छ । त्यो ज्याँदा छ । त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गर्नु भयो । उहाँले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गर्नु भयो । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहो¥याउनु भयो । उहाँले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराउनु भयो । अर्थमन्त्री महतले भन्नु भयो, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने । चाँहे उद्योग व्ववसाय होस् । चाहे कृषिजन्य व्यवसाय होस् । त्यसलाई प्रोत्साहन दिने । हरेक चिज हामी आयातित बस्तुमामात्रै निर्भर हुने जुन परिस्थिति छ । त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं । एक तहको संरक्षण दिने नीति लिएका छौं । र, अनुदान पनि हामीले उत्पादनको आधारमा दिने व्यवस्था गरेको छौं । त्यसको दूरपयोग भयो भनेर उत्पादन जसले गरेर देखाउँछ, त्यसको आधारमा अनुदान दिने नीति पनि लिएका छौं । मलाई लाग्छ, तपाईहरुको जुन देशभरको सञ्जाल छ । र, विभिन्न कार्यक्रमको शिलशिलामा ठूलो कृषिजन्य पदार्थको खपत पार्टी प्यालेसहरुले गर्छन । मलाई आशा र विश्वास छ–तपाईहरुले नेपालको उत्पादनलाई प्राथमिकता दिनुहुनेछ । नेपालमै जुन उत्पादन हुन्छ, त्यो उत्पादनलाई हामीले प्राथमिकता दियौ भने मलाई लाग्छ–यो क्षेत्रमा कृषकहरु, जो नयाँ उद्यम सिकेर विदेशबाट पनि फर्किएर आईराखेका छन । उनीहरुलाई पनि प्रोत्साहन हुन्छ । यसबाट हाम्रो यो कृषिजन्य उत्पादनमा पनि आत्मनिर्भर हुने हाम्रो जुन मनसाय छ । त्यो मनसाय पूरा गर्न सक्दछौं भन्ने मलाई लागेको छ ।’

अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);