कक्षा ११ मा विद्यार्थी भर्नाका लागि १५ दिनसम्मको सूचना प्रकाशन गर्न महानगरको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

कक्षा ११ मा विद्यार्थी भर्नाका लागि १५ दिनसम्मको सूचना प्रकाशन गर्न महानगरको निर्देशन

काठमाडौं, २२ असार । काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ ।

महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना निकालेर एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई आह्वान गरेको हो । विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाण्डौ आउने विद्यार्थीहरु आवेदन दिन वञ्चित भएकोतर्फ ध्यानाकर्षण भएको महानगरले जनाएको छ । यस्तै, महानगरको शिक्षा विभागले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

२०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार मसान्तभित्र पठाउन पनि सूचित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);