कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन महानगरको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन महानगरको निर्देशन

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन निर्देशन दिएको छ । महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन सूचना प्रकाशित गरेर निजी शिक्षण संस्थालाई निर्देशन दिएको हो ।

काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९÷०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउन सूचना जारी गरेको छ ।

क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले व्यवस्था मिलाएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।

Leave a Reply

ताजा समाचार