मिटरब्याज विधेयक आजै पारित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

मिटरब्याज विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं, २२ असार । सरकारले ल्याएको मिटरब्याजी विरुद्धको अध्यादेश निष्क्रिय भए पनि त्यसलाई प्रतिस्थापन गर्न संसदमा दर्ता भएको विधेयक आज नै पारित गर्ने तयारी गरिएको छ । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा प्रस्ताव प्रस्तुत गर्ने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र सो विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै बुधवारको बैठक अवरुद्ध गरेको एमालेले आज अवरोध नगरे विधेयक पारित गर्ने तयारी गरिएको हो । ६० दिन पुगेका कारण मिटरब्याजी नियन्त्रण गर्ने सम्बन्धी अध्यादेश निष्क्रिय भए पनि त्यसलाई प्रतिस्थापन गर्ने गरी ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ संसदमा दर्ता भई सो विधेयक सङ्घीय संसदमै विचाराधीन रहेको छ ।

राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको विधेयक विभिन्न कारणले बुधबारको बैठकमा पास हुन नसके पनि आज सोही विधेयक कार्यसूचीमा राखिएको छ । सरकारले गत वैशाख २० गते मिटरब्याजीलाई कस्न भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो । गत वैशाख २७ गते प्रतिनिधिसभा बैठकले सो अध्यादेश स्वीकार गरेको थियो भने सो अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गत असार ५ गते राष्ट्रियसभामा दर्ता गराएउनु भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);