सरकार ढल्ने कुनै सम्भावना छैनःमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सरकार ढल्ने कुनै सम्भावना छैनःमन्त्री शर्मा

काठमाडौँ, २२ असार । संचार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममाबोल्दै मन्त्रीशर्मालेभनिन् “गठबन्धनदल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।”

संसद बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्यायदिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरिन् । उनले जसरी पनि मिटर ब्याज पीडितलाई न्यायदिएरै छोड्ने समेत प्रतिवद्धता जाहेर गरिन् ।

“प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारे पनि मिटर व्याज पीडितलाई न्यायदिन सरकार प्रतिवद्ध छ । विगतकानजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौं” मन्त्रीशर्माले भनिन् । उनले सरकार आफ्नाकाममा अगाडि बढ्ने बताइन् ।

सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कठाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले भनिन् । उनले सरकारका कदमबाट कसैको टाउको दुखेको समेत बताइन् । “सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । नागरिकता विहीनहरुले नागरिकता पाइरहेका छन् । निजामति सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवाप्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ” मन्त्रीशर्माले भनिन् ।

संचारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहिँकतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);