जनकपुरधाममा जानकी जन्मोत्सव पर्व भोली देखि सुरु हुदैं | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

जनकपुरधाममा जानकी जन्मोत्सव पर्व भोली देखि सुरु हुदैं

बटुकनाथ झा,१३ बैशाख,धनुषा ।
जनकपुरधाममा जानकी जन्मोत्सव पर्व भोली देखि सुरु भईरहेको छ । हरेक वर्ष जानकी मंदिरले उक्त पर्व मनाउदै आएपनि गत वर्ष देखि महोत्सवको रुपमा यो पर्व मनाउन नगरबासी तथा स्थानिय प्रसाशन सक्रिय भएपछि यो वर्ष ९ दिवसीय जानकी जन्म महा महोत्सव २०७४ मनाउन लागिएको हो ।

बैसाख २१ गते हुने जानकी नवमीका अवसरमा भोली देखि बैसाख २६ गते सम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउन लागेको बताउनु हुन्छ जानकी मंदिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैषणब । जानकी नवमी नेपालको लागि महत्वपुर्ण पर्व रहेपनि नेपाल सरकारले खासै ध्यान नदिएको अवस्था छ ।

माता जानकी तथा गौरीको जन्म नेपालमै भएपनि नेपाल सरकारले जानकी नवमीका अवसरमा खासै केहि नगरेको अवस्था छ । यो वर्ष सर्वदलिय सर्व पक्षिय बैखकबाट विभिन्न उपसमितिहरु बनाएर काम सूरु गरिएको बताउदै रामरोशन दासले नेपालको धरोहर पर्वका रुपमा रहेको जानकी नवमीमा आउन तथा सहयोग गर्न राज्य पक्षलाई आग्रह गरेपनि खासै ध्यान नदिएको बताउनु हुन्छ ।

नेपाल सरकारले जानकी जन्मोत्सवलाई आफ्ना संस्कृतिका रुपमा मनाउनको पहल गर्नु आवश्यक्ता रहेको छ । जनकपुरका धार्मिक पर्यटकिय नगरीका रुपमा विकास गर्न जानकी नवमी, विवाहपञ्चमी लगायतका पर्वहरुलाई विशेष महत्व दिएर यसमा भव्यता ल्याउन राज्य पक्षले सहयोग गर्नु जरुरी देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);