काठमाडौं, २२ असार । गर्भावस्थाको पहिलो तीन महिना धेरै नाजुक हुन्छ । यी तीन महिनामा गर्भपतनको जोखिम सबैभन्दा बढी हुन्छ र यही कारणले गर्दा गर्भवती महिलाले पहिलो त्रैमासिकमा आफ्नो खानपानमा धेरै ध्यान दिनुपर्छ ।
गर्भावस्थाको पहिलो त्रैमासिक आहार चार्ट
गर्भावस्थाको पहिलो त्रैमासिकमा, महिलाहरूले आफ्नो आहारमा केहि चीजहरू समावेश गर्नु हुँदैन। यहाँ हामी तपाईंलाई गर्भवती महिलाले पहिलो तीन महिनामा खान नहुने खानेकुराका बारेमा बताइरहेका छौं ।
काँचो मासु
गर्भवती महिलाले पहिलो तीन महिनामा काँचो मासु खानबाट जोगिनुपर्छ । यो गर्भवती महिलाको लागि राम्रो मानिदैन। काँचो मासुमा साल्मोनेला, ई–कोलाई जस्ता धेरै ब्याक्टेरिया हुन्छन् जसले फूड पोइजनिङ निम्त्याउँछ।
यदि तपाईं मांसाहारी हुनुहुन्छ र मासु नखाई बाँच्न सक्नुहुन्न भने, यसलाई राम्ररी पकाएर खानुहोस्। मासुलाई पानीमा राम्ररी धुनुहोस्। मासु ह्यान्डल गरेपछि आफ्नो हात धुनुहोस्।
समुद्री खाना र माछा
माछालाई प्रोटिनको उत्तम स्रोत मानिन्छ र यसमा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यी दुवै पोषकतत्व गर्भवती महिलाको लागि धेरै उपयोगी छन्। माछामा अन्य धेरै पोषक तत्वहरू पाइन्छ तर यसमा पाराको मात्रा बढी हुन्छ, जसले बच्चाको लागि घातक साबित हुन सक्छ।
यसबाहेक, गर्भवती महिलाहरूलाई ब्लोटिंग, दाग, बान्ता वा पखालाको जोखिमका कारण समुद्री खाना खान निषेध गरिएको छ। यदि तपाइँ अझै पनि माछा वा समुद्री खाना खान चाहानुहुन्छ भने, यसलाई राम्ररी सफा गरी पकाएर खानुहोस्।
काँचो अण्डा
गर्भावस्थामा काँचो अण्डा वा त्यसबाट बनेको कुनै पनि खानेकुरा आफ्नो आहारमा समावेश गर्नु हुँदैन। गर्भावस्थामा बान्ता वा पखालाको समस्या हुन्छ र अण्डाबाट साल्मोनेला भाइरसको जोखिम हुन्छ । यद्यपि यसले बच्चालाई प्रत्यक्ष रूपमा हानिकारक नभई आमाको स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ, जसले बच्चालाई पनि समस्या निम्त्याउन सक्छ । मेयोनेज, कस्टर्ड जस्ता चीजहरू नखानुहोस्, किनभने यसमा काँचो अण्डा प्रयोग गरिन्छ।
दूध
दूधलाई क्याल्सियमको धेरै राम्रो स्रोत मानिन्छ जुन गर्भवती महिलाका लागि राम्रो हुन्छ। तर प्रशोधित नगरिएको दूध कहिल्यै नपिउनुहोस्। प्रशोधित नगरिएको दूधमा धेरै ब्याक्टेरिया र कीटाणुहरू हुन्छन् जुन गर्भवती महिला र भु्रणका लागि हानिकारक हुन्छन्, त्यसैले सधैं प्रशोधित गरिएको दूध वा उमालेको दूध पिउनुहोस्।
काँचो मेवा
गर्भावस्थामा काँचो र कम पाकेको मेवा खानु हुँदैन। भनिन्छ यसलाई खाँदा पाठेघरमा संकुचन हुन सक्छ, जसले गर्भपात हुन सक्छ। मेवामा लेटेक्स, पपेन र पेप्सिन नामक तत्व पाइन्छ जसले भु्रणको विकासमा बाधा पु¥याउँछ।
भुुईकटहर
भुुईकटहर स्वास्थ्यका लागि निकै फाइदाजनक भएता पनि गर्भावस्थाको शुरुका दिनमा यसलाई त्याग्नु पर्छ । भुुईकटहरमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले पाठेघरलाई नरम बनाउँछ र प्रसव सुरु गर्छ। त्यसैले गर्भावस्थाको प्रारम्भिक महिनामा अनानास नखानु राम्रो हुन्छ ।
अन्य पदार्थ
यस बाहेक गर्भवती महिलाले ःक्न् (मोनो सोडियम ग्लुटामेट), सौंफ र मेथीको दाना, तिल खानु हुँदैन।