संसद बैठक बस्दै, प्रतिपक्षको अडान कायमै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

संसद बैठक बस्दै, प्रतिपक्षको अडान कायमै

काठमाडौं, २२ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरूले आज बस्ने संसद बैठक पनि अवरोध गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संदन चल्न नदिने एमालेको अडान कायमै छ । आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । संघीय संसद् सचिवालयको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभा बैठकमा टेबुल हुनेछ ।

त्यस्तै, आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८०’कककमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । आजै सो विधेयक माथि संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);