बालेनको आक्रोश– भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

बालेनको आक्रोश– भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । स्टाटसमा बालेनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लाग्यो ।’

साथै, उनले सरकारमा दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेको आरोप लगाएका छन् ।

उनले यही सन्दर्भलाई उल्लेख गर्दै आफू मात्र अदालतको अपहेलनामा परेको भन्दै प्रश्न गरेका छन् ।

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);