वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको छः वनमन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको छः वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताउनुभएको हो । उहाँले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताउनु भयो । उहाँले हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताउनु भयो ।

उहाँले डिएफओले समेत मन्त्रीको कुरा नसुन्ने बताउनु भयो । डिएफओलाई रुख, र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिएपनि निर्देशन सुन्दै नसुन्ने उहाँको भनाई छ । तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको उहाँले बताउनु भयो । मन्त्री महतोले हरेक प्रदेशले आ–आफ्नो प्रदेशमा छुट्टै वन नीति बनाएको उल्लेख गर्दै नीतिमा समेत संघ र प्रदेश सरकारका बीचमा समन्वय हुन नसक्दा काम गर्न गाह्रो भएको बताउनु भयो ।

उहाँले काठ तौलिने सूत्रका कारण नेपालको काठ विक्रि वितरण हुन नसकेको बताउनु भयो । उहाँले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताउनु भयो । यद्यपी यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरीसकेको उहाँले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);