आज वर्षकै लामो दिन र अत्यधिक गर्मी हुने | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

आज वर्षकै लामो दिन र अत्यधिक गर्मी हुने

काठमाडौँ,२१ असार । आज (बिहीबार) पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुुग्ने हुँदा वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यबाट सबैभन्दा टाढा पुग्छन् । पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने र दिन लामो हुने विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर हुन्छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने समितिले जनाएको छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने र सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);