व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले व्यापार सहजीकरण गर्न नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई आग्रह गरेको छ ।

बुधवार अपरान्ह सिंहदरबारमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले मुख्यसचिव अर्यालसँग भेटेर डुइङ बिजनेस कस्ट घटाउन पहल गरिदिन आग्रह गरेको हो । आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई सहयोग पुग्नेगरी डुइङ बिजनेस कस्ट घटाउँदा सहजीकरण हुने भन्दै व्यवसायीहरुले आग्रह गर्नुभयो । भेटपछि बोल्दै नेपाल—अस्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष.अखिल चापागाईंले द्विराष्ट्रिय चेम्बर अफ कमर्स नेपालको आर्थिक कुटनीतिको बलियो आधार भएपनि प्राथमिकतामा नपरेको बताउनु भयो ।

मुख्यसचिवसँगको भेटमा आर्थिक कुटनीतिको विषयमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सले धेरै सहयोग गर्नसक्ने कुरा जानकारी दिएको पनि अध्यक्ष चापागाईंले बताउनु भयो ।

अध्यक्ष चापागाईंले द्विराष्ट्रिय चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले व्यवसायीहरुको गुनासो सम्बोधन गर्नेगरी ल्याउने वातावरण मिलाइदिन आग्रह गरेको बताउनु भयो । नेपालका २० भन्दा बढी द्विराष्ट्रिय चेम्बर अफ कमर्स क्रियाशील छन् । नेपाल र गन्तव्य मुलुकका व्यवसायीबीच व्यापार व्यवसाय सहजीकरण हुने र संग्रहीत हुने उद्देश्यले द्विराष्ट्रिय चेम्बर अफ कमर्सको गठन हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);