काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको छ ।
प्रतिनिधिसभाको सुरुमै एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै राजीनामाको माग गरेका हुन् ।
उनले नेपालको प्रधानमन्त्री बनाउन भारत जानुपर्छ ? भन्दै प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपाली जनताको मनमा बादल लागेको समेत टिप्पणी गरे ।