विष्णु रिमालको ‘प्रितम सिंहले बनाएको प्रधानमन्त्रीलाई प्रश्न’ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

विष्णु रिमालको ‘प्रितम सिंहले बनाएको प्रधानमन्त्रीलाई प्रश्न’

काठमाडौं, २० असार । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अभिव्यक्तिको जवाफ मागेका छन् । प्रचण्डलाई प्रितम सिंहले बनाएको प्रधानमन्त्रीको संज्ञा दिंदै प्रधानमन्त्री कसले बनाएको हो ? त्यसको जवाफ संसदमा दिनुपर्ने रिमालको तर्क छ ।

प्रधानमन्त्री प्रचण्डले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने बारे आज एमालेले संसदीय दलको समेत बैठक बोलाएको छ । आज ३ बजे संसद बैठक बस्दैछ ।

रिमालले लेखेका छन्,“प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न !!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ’प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर ग¥यो ?”

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);