बाढी पहिरो पीडितलाई उद्धारका लागि तयारी अवस्थामा रहन ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

बाढी पहिरो पीडितलाई उद्धारका लागि तयारी अवस्थामा रहन ओलीको निर्देशन

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष cले बाढी पहिरो र डुुबान पीडितहरुलाई आवश्यक सहयोगका लागि आफ्ना कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति पुगेको भन्दै त्यसतिर सचेत हुन आग्रह गरेका हुन् ।

“पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।”–उनले लेखेका छन्,“हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।”

बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गराउन पनि ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);