काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतिका विषयमा सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताउनु भयो।
उहाँले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समिक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताउनु भयो । सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पु¥याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनु भयो । उहाँले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालिन सोच बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सरकार र अर्थमन्त्री गम्भिर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरेपनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताउनु भयो । उहाँल सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बीउ खै भन्ने अवस्था रहेको बताउनु भयो ।
त्यस्तै,नेकपा (एकिकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गर्नुभयो। उहाँले सरकारले दिएको लक्ष्यअनुसार राजश्व उठ्ने÷नउठ्ने विषयमा सरकारले जनतालाई जवाफ दिन माग गर्नुभयो। उहाँले बजेट विनियोजन गर्दा साधरण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने भएपनि सरकारले उल्टो बजेट ल्याएको बताउनु भयो। उहाँले सरकारले हेरेक वर्ष कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपनि परिणाम आउन नसेको बताउनु भयो ।
बैठकमा नेकपा एमालेकी सांसद भगवती चौधरीले सरकारले साना तथा घरेलु उद्योगले सरकारलाई ५ हजार राजश्वमा थप ५ हजार अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने बताउनु भयो। उहाँले साना तथा घरेलु उद्योगलाई पनि प्यानको दायरामा ल्याएर थप प्रोत्साहन दिन नीति राज्यले अवलम्वन गर्न आवश्यक रहेको बताउनु भयो।
उहाँले सरकारले कृषि तथा साना तथा घरेलु उद्योगलाई दिएको अनुदान वास्तविक उद्योगी र व्यवसायीहरुले पाए÷नपाएकोबारे अनुगमन चुस्त बनाउन आवश्यक रहेको बताउनु भयो।