परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद असंलग्न आन्दोलनको समन्वय ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज अजरबैजान जाँदै हुनुहुन्छ ।

अजरबैजानको बाकुमा हुने ‘असंलग्न आन्दोलन: उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ नाराका साथ बैठकमा मन्त्री साउदले असार २० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उहाँले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारी र विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरुसँग समेत भेटवार्ता गर्नुहुने छ । मन्त्री साउद असार २३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);