के होला आजको शीर्ष बैठकमा, अब एमालेको बाटो के ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

के होला आजको शीर्ष बैठकमा, अब एमालेको बाटो के ?

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलको बैठक बस्दै, दुई चरणमा चुनाव गर्ने निर्णयपछि उत्पन्न राजनीतिक अन्यौलका बारेमा छलफल हुँदै

के होला आजको शीर्ष बैठकमा

काठमाडौं । दुई चरणमा चुनाव गर्ने निर्णयपछि उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्ने विषयमा मुख्य ५ दलबिच आज छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको चुनाव र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारको तयारी प्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले मंगलबारको संसद बैठक अवरुद्ध गरेको थियो ।

यस्तै दुई चरणको चुनाव घोषणा, पहिलो र दोस्रो चुनावको एक महिनाको अन्तर, चुनाव अघि बजेट ल्याउने लगायतका विषयमा पनि एमालेले असहमति जनाउँदै आएको छ ।

यी सबै विषयमा एमाले र राष्ट्रिय जनता पार्टीका शीर्षनेताहरुलाई एकै ठाउँमा राखेर सत्तारुण् माओवादी केन्द्र, कांग्रेस र राप्रपाले छलफल गर्न लागेका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);